गैरीगाउँ वीभत्स हत्या घटनामा एक जना पक्राउ [अपडेट] शनिबार, भदौ ३०, २०८०

एसिया कप क्रिकेटमा भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जित शनिबार, भदौ ३०, २०८० एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई हराएको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो ।

आज यी प्रदेशमा वर्षाको सम्भावना शनिबार, भदौ ३०, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

शनिबार तपाईंको राशिफल हेर्नुस् शनिबार, भदौ ३०, २०८० भदौ ३० गते शनिबार । भदौ शुक्ल प्रतिपदा तिथि । पञ्चाङ्ग शुक्ल बव उत्तर । गुंला पर्व समाप्ति । विश्व ओजोन तह बचाउ दिवस ।

खुकुरी प्रहर गरि काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या शनिबार, भदौ ३०, २०८० तीनकुनेस्थित गैरीगाउँमा गएराति ४ जनाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरिएको अवस्थामा २ महिला र दुई पुरुषको शव फेला परेको हो ।

५ वर्षअघि स्याङ्जामा खिचिएको विष्णु माझीको तस्बिर सार्वजनिक शुक्रबार, भदौ २९, २०८० चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी भूमिगत छिन् । उनको आवाजका फ्यान उनलाई हेर्न व्यग्र प्रतीक्षामा छन् । भरखरै उनको तीज गीत सार्वजनिक भएको छ 'बलमा' । उक्त गीतले दर्शकको राम्रै 'भ्यूज' पाएको छ । यहीबेला विष्णु माझीको ५ वर्षअघिको फोटो सार्वजनिक भएको छ ।

इन्धनको नयाँ मूल्य सार्वजनिक, डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो शुक्रबार, भदौ २९, २०८० यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ चालक ट्राफिक प्रहरीको कारबाहीमा शुक्रबार, भदौ २९, २०८० ८० भन्दा बढी सवारी साधनलाई सुरक्षा जाँच गर्दा ब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जसमा टाटासुमो ४, पिकअप जीप २ र बस, टिपर, हात्ती गाडी १-१ छन् ।

सुनौलो कछुवासहित ६ जना पक्राउ शुक्रबार, भदौ २९, २०८० उनीहरूले टोखा–५ मा रहेको सुनकोशी क्याफेमा बसेर ३५ लाख रुपैयाँमा कछुवा बिक्री गर्न खोजेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

पोखरीमा डुबेर बालकको मृत्यु शुक्रबार, भदौ २९, २०८० स्थानीय पङ्कज ठाकुरका चार वर्षीय छोरा प्रिंसराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीपकुमार गिरीले बताए ।प्रिंसराजको घर नजिकैको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, भदौ २९, २०८० काठमाडौंमा शुक्रबार आयोजित नेपाल उद्योग परिसङ्घको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने बताएका हुन् ।

मन्त्रिपरिषद्ले स्वीकृत गर्यो प्रधानमन्त्रीको चीन भ्रमण शुक्रबार, भदौ २९, २०८० शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।
1694786010.jpg)
यसपालि संविधान दिवसमा विभूषण वितरण नहुने शुक्रबार, भदौ २९, २०८० सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्दै शुक्रबारको...








