सुनौलो कछुवासहित ६ जना पक्राउ

काठमाडौं— प्रहरी वृत्त, महाराजगञ्जले दुर्लभ वन्यजन्तु सुनौलो रङ्गको कछुवासहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेका जयराम घिमिरे, रहर तामाङ, उदयपुरका राजकुमार राई, काभ्रेका सुदर्शन राई, नारायण थामी र रूपक बस्नेत छन् ।
उनीहरूले टोखा–५ मा रहेको सुनकोशी क्याफेमा बसेर ३५ लाख रुपैयाँमा कछुवा बिक्री गर्न खोजेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० २०:४८
साताको लोकप्रिय