मन्त्रिपरिषद्ले स्वीकृत गर्यो प्रधानमन्त्रीको चीन भ्रमण

काठमाडौं— शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ मा चीनको हाङझाउमा प्रस्थान गर्ने तय भएको छ ।
चीन भ्रमणका क्रममा पहिलो दिन प्रचण्डले हाङझाउमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । त्यसपछि उनको २५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १८:५१