News Griha :: न्यूजगृह
मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि हातपात
मोरङको सुन्दरहरैँचामा चिकित्सकमाथि हातपात हेटौंडामा चिकित्सकमाथि कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एक जना चिकित्सकमाथि दुर्व्यवहार भएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो ।
‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ’
‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।
कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् ।
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीचको भेट हाङझाउमा हुने
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीचको भेट हाङझाउमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग हाङझाउमै भेटवार्ता गर्ने तय भएको जानकारी दिएका छन् ।
अमेरिका र चीन भ्रमण टोली सानो बनाएको छु : प्रधानमन्त्री
अमेरिका र चीन भ्रमण टोली सानो बनाएको छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणकाे विषयमा संसदलाई जानकारी गराएका छन् । शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन् । उनले भने,‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ ।’
महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री दाहाल 
महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनालाई गम्भीर रूपमा लिएको जनाएका छन् । 
प्रधानमन्त्री दाहालले गराए अमेरिका र चीन भ्रमण विषयमा संसदलाई जानकारी
प्रधानमन्त्री दाहालले गराए अमेरिका र चीन भ्रमण विषयमा संसदलाई जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको विषयमा शुक्रबार संसदलाई जानकारी गराएका छन् ।
वैदेशिक रोजगारीका नाममा आकर्षक तलब सुविधा देखाएर लाखौं ठगीमा गिरोहनै संलग्न
वैदेशिक रोजगारीका नाममा आकर्षक तलब सुविधा देखाएर लाखौं ठगीमा गिरोहनै संलग्न नेपाल प्रहरीले वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जाल तथा अनलाइनबाट ठगीका घटना बढ्दै गएको बताएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो ।’
धुर्मुस–सुन्तलीले अलपत्र पारेको रंगशालाको निर्माण प्रक्रिया अघि बढ्यो
धुर्मुस–सुन्तलीले अलपत्र पारेको रंगशालाको निर्माण प्रक्रिया अघि बढ्यो कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
मादक पदार्थ सेवन गरी बुबाको हत्या
मादक पदार्थ सेवन गरी बुबाको हत्या मादक पदार्थ सेवन गरेका छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
दीपक–दीपाको ‘आईएनआई सिनेमा हल’ सञ्चालनमा
दीपक–दीपाको ‘आईएनआई सिनेमा हल’ सञ्चालनमा कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो ।
Weather Update