News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृतः २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भनी छनोट गरिएको छ ।
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक निर्माणका क्रममा रहेकाले  जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो ।
हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प 
हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प  हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गराएको हेटौँडा...
बढ्यो अमेरिकी डलर, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार?
बढ्यो अमेरिकी डलर, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीनदिन लोडसेडिङ 
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीनदिन लोडसेडिङ  प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहानदेखि सोमबार बिहानसम्म सटडाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।
बेनीमा गोरु नाच प्रदर्शन
बेनीमा गोरु नाच प्रदर्शन नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपारहरूलाई आग्रह गर्ने चलन छ ।
मिड सोलुको आईपीओ निष्कासन
मिड सोलुको आईपीओ निष्कासन कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । 
‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा
‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । 
चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते 
चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची?
प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची? आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को ९१० बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 
डेँगु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान
डेँगु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान रेडक्रसले आगामी नोभेम्बरसम्म डेँगुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेँगुको बारेमा जानकारी दिन ‘स्कुल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए ।
शुक्रबार यस्तो छ तपाईंको राशिफल
शुक्रबार यस्तो छ तपाईंको राशिफल भदौ २९ गते शुक्रबार । भदौ कृष्ण औंसी । पञ्चाङ्ग शुभ नाग उत्तर तिथि । राष्ट्रिय बाल दिवस । मेष राशि : साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
Weather Update