News Griha :: न्यूजगृह
‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

काठमाडौं— शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । 

तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । 

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिकप्रेमकथा)’मा कमलामाईको भूमिका मार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् । कार्कीसँगै चलचित्रमा धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतको अभिनय छ ।

चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल,कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०७:११
Weather Update