राष्ट्रपतिद्वारा बाल दिवसको शुभकामना, बालबालिकाहरू अझै पनि अधिकारबाट वञ्चित भएकोमा चिन्तित शुक्रबार, भदौ २९, २०८०

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै शुक्रबार, भदौ २९, २०८० नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने...

दुई प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो ? शुक्रबार, भदौ २९, २०८० आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एकदुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ...

पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा, भारतसँग भिड्ने शुक्रबार, भदौ २९, २०८० निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।

एक किलो सुन तस्करीमा कांग्रेसका नेता जोडिए, मन्त्रीसमेत अनुसन्धानमा बिहीबार, भदौ २८, २०८० सुन तस्करी प्रकरणमा काभ्रे कै नेपाली कांग्रेसका जिल्ला नेता विकास लामा भन्ने विकास योञ्जन मुछिएका छन् । प्रहरी परिसर काठमाडौंका अनुसार विकास विमानस्थलबाट बरामद सुनको व्यवस्थापक हुन् ।

लिबियामा ठूलो बाढी, नेपाली शान्ति सैनिकको अवस्था के छ? बिहीबार, भदौ २८, २०८० संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानियल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
1689486152.jpg)
सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव बिहीबार, भदौ २८, २०८० गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायको सुझावसहित प्रतिवेदन बुझाएको हो ।

ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने एकजना पक्राउ बिहीबार, भदौ २८, २०८० पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका- ५ ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् । रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए ।

यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ बिहीबार, भदौ २८, २०८० मंगलबार बिहान हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्यघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारण लगायत...

घोषित पुरस्कार खेलाडीले नपाएकोमा प्रधानमन्त्री गम्भीर, पुरस्कार रकम भोलि निकासा हुने बिहीबार, भदौ २८, २०८० बिहीबार चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।

डा. ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार बिहीबार, भदौ २८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही हुने बताएका छन् ।

नेकपा एमालेले गर्यो नेम्वाङको निधनमा शोक प्रस्ताव पारित बिहीबार, भदौ २८, २०८० बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । उक्त बैठकमा अध्यक्ष केपी ओली शर्माले आफ्नो दायाँपट्टि सोफाको सधैँ बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए ।

डाक्टर कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउन चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम बिहीबार, भदौ २८, २०८० संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।









