News Griha :: न्यूजगृह
एसियन गेम्सका लागि नेपाली क्रिकेट टीम घोषणा, भीम सार्की र आरिफ शेख टोलीमा परेनन्
एसियन गेम्सका लागि नेपाली क्रिकेट टीम घोषणा, भीम सार्की र आरिफ शेख टोलीमा परेनन् आगामी असोज ६ गतेदेखि चीनको हाङझाउमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।
क्रिकेटमा बालेन-पारस सहकार्य 
क्रिकेटमा बालेन-पारस सहकार्य  क्रिकेट प्रशिक्षक विकास कार्यक्रमका लागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाले सहकार्य गरेका छन् ।विद्यालय भित्रका खेलकुद प्रशिक्षकलाई क्रिकेट प्रशिक्षण गराउन बागमती प्रदेश र काठमाडौं महानगरले सहकार्य गरेका हुन् ।  बागमती प्रदेश क्रिकेट संघले असोज १६ गतेदेखि २० गतेसम्म क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चालन गर्दैछ । सो कार्यक्रमलाई...
एसीसी प्रिमियर कप खेल्न नेपाली क्रिकेट टोलीको घोषणा, कोको परे टोलीमा? 
एसीसी प्रिमियर कप खेल्न नेपाली क्रिकेट टोलीको घोषणा, कोको परे टोलीमा?  आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी  समूह बी मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार...
सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गदै एमाले
सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गदै एमाले कोशीमा उपाध्यक्ष रामबहादुर थापा बादल, मधेसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल मुख्य वक्ता रहनेछन् ।
तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने 
तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने  कोषले शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । हिन्दुहरूको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दु नारीहरूको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था लगायतका व्यवस्था गरिएको कोषले जनाएको छ । 
सरकारले चासो र ग्यारेन्टी लिनपर्‍यो, जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ : डीपी अर्याल
सरकारले चासो र ग्यारेन्टी लिनपर्‍यो, जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ : डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्यालले सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताएका छन् । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको भन्दै उनले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु...
प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : कानुनमन्त्री श्रेष्ठ
प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : कानुनमन्त्री श्रेष्ठ नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष, बाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीले अन्तर्राष्ट्रिय तहको विज्ञान र प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।
जलवायु परिवर्तनबाट सिर्जित समस्या कसरी समाधान गर्ने ? यसाे भन्छन् प्रधानमन्त्री
जलवायु परिवर्तनबाट सिर्जित समस्या कसरी समाधान गर्ने ? यसाे भन्छन् प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् ।
शिष्ट र मर्यादित भएर सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह
शिष्ट र मर्यादित भएर सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग  गर्न आग्रह गरेको छ ।
शिक्षा विधेयकविरुद्ध शिक्षक कर्मचारी आन्दोलित, देशभर विद्यालय बन्द गर्ने चेतावनी
शिक्षा विधेयकविरुद्ध शिक्षक कर्मचारी आन्दोलित, देशभर विद्यालय बन्द गर्ने चेतावनी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले संसदमा  दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो ।
न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची]
न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस [सूची] न्यायपरिषद्को शुक्रबार बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । नायव महान्यायाधीवक्ता एवम् बेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई पहिलो वरीयतामा राखेर न्यायपरिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल
प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुन्छ : नेता पौडेल नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण ऐतिहासिक हुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि उनले राष्ट्रियतालाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँग पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरे ।
Weather Update