News Griha :: न्यूजगृह
सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गदै एमाले

काठमाडौं— नेकपा एमालेले सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ ।

आगामी असोज २ मा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ शीर्षकमा विचार गोष्ठी गर्ने कार्यक्रम तय भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार, श्रद्धाञ्जलीमा हुने विचार गोष्ठीमा अन्य दलका नेताहरूलाई पनि वक्ताको रुपमा बोलाइनेछ ।

काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली आफै प्रमुख वक्ता रहनेछन् भने बाँकी प्रदेशमा पार्टी उपाध्यक्षलाई पठाइएको छ ।

कोशीमा उपाध्यक्ष रामबहादुर थापा बादल, मधेसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल मुख्य वक्ता रहनेछन् ।

नेम्वाङको मंगलबार बिहान निधन भएको हो । उनको बिहीबार अन्त्येष्टि गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:४९
Weather Update