News Griha :: न्यूजगृह
प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : कानुनमन्त्री श्रेष्ठ

हेटौंडा— नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष, बाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीले अन्तर्राष्ट्रिय तहको विज्ञान र प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको युगमा प्रदेशका प्रहरीलाई अत्यधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने भन्दै प्रहरीको क्षमतालाई गुणात्मक ढंगले वृद्धि गर्नका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘देशका सम्पूर्ण प्रहरीलाई नागरिक मैत्रीबनाउनेमा लागिरहेका छौँ । यसका लागि नागरिकको पनि सहयोग आवश्यक पर्दछ’, मन्त्री श्रेष्ठले भने,‘प्रहरी भनेको एउटा विधि हो । यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सके प्रहरी मैत्री संस्कारको विकास हुन्छ ।’

उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भइरहेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:५८
Weather Update