News Griha :: न्यूजगृह
दीपक–दीपाको ‘आईएनआई सिनेमा हल’ सञ्चालनमा

काठमाडौं— कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो ।

कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए । उनले भने,‘यो निकै गाह्रो कुरा हो । सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ । निर्माता र प्रदर्शक फरक कुरा हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक जना कलाकारले मिहिनेत गर्‍यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए ।

उनले भने, ‘यो सबै चलचित्रकर्मीको लागि एकदम राम्रो सन्देश हो । आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या विस्तारै सुध्रिएर जानेछ ।’

दुई वटा स्क्रिन रहने सिनेमा हलमा चार सय सिट छन् । निर्माण लागत करिब १० करोड रहेको दीपकले बताए । सिनेमा हलमा दीपकसँगै दीपाश्री, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:०९
Weather Update