News Griha :: न्यूजगृह
मादक पदार्थ सेवन गरी बुबाको हत्या

दाङ— मादक पदार्थ सेवन गरेका छोराले बाबुको हत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।

मल्लका अनुसार छोराको कुटपिटबाट घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।

सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:१६
Weather Update