News Griha :: न्यूजगृह
पोखरीमा डुबेर बालकको मृत्यु

जलेश्वर— महोत्तरीको जलेश्वर नगरपालिका– ८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय पङ्कज ठाकुरका चार वर्षीय छोरा प्रिंसराजको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीपकुमार गिरीले बताए ।
प्रिंसराज घर नजिकैको पोखरीमा शुक्रबार डुबेको अवस्थामा फेला परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:०३
Weather Update