प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्यूयोर्कमा भेटवार्ता शुक्रबार, असोज ५, २०८०

शिक्षक आन्दोलन : वार्ताका लागि सरकारले माग्यो समय शुक्रबार, असोज ५, २०८० आन्दोलनरत शिक्षक कर्मचारीसँग वार्ता गर्न सरकारले समय माग गरेको छ । गृह मन्त्रालयमा शुक्रबार आन्तरिक छलफलपछि सरकार पक्षले केही समय माग गरेको हो ।
सरकारसँगको वार्तामा विद्यालय कर्मचारीको नेतृत्व अनिवार्य रहन्छ : अध्यक्ष तिवारी शुक्रबार, असोज ५, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारसँगको वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्को पनि प्रतिनिधि रहने स्पष्ट पारेका छन् ।

‘द्वन्द्वकालीन गम्भीर अपराधलाई आममाफी हुँदैन’ शुक्रबार, असोज ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराएका हुन् ।

कानुनमन्त्री गुरुङ भन्छन्— शिक्षकसँगको वार्तामा सहमति जुट्छ शुक्रबार, असोज ५, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
बाँकेमा बालकैदीको मृत्युपछि सुधार गृह तनावग्रस्त शुक्रबार, असोज ५, २०८० बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक बालबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउँपालिका—४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी हुन् ।

शिक्षकसँग वार्ता गर्न कार्यवाहक प्रधानमन्त्री छलफलमा शुक्रबार, असोज ५, २०८० आन्दोलनरत शिक्षकहरूसँग संवाद गर्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग आन्तरीक छलफल थालेका छन् ।

गणतन्त्रवादी नेता खेमराज भट्ट मायालुको निधन शुक्रबार, असोज ५, २०८० डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरूमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

सरकार र शिक्षक महासङ्घबीच आज निर्णायक वार्ता शुक्रबार, असोज ५, २०८० विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच शुक्रबार निर्णायक वार्ता हुने भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक निष्कर्षसहित टुङ्गिएको थियो ।
सर्लाहीको मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु शुक्रबार, असोज ५, २०८० सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि कर्फ्यु जारी गरेका हुन् ।

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो रहला मौसम? शुक्रबार, असोज ५, २०८० आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको एकदुई स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

महालक्ष्मी व्रतआरम्भ, यस्तो छ तपाईंको राशिफल शुक्रबार, असोज ५, २०८० असोज ५ गते शुक्रबार । भदौ शुक्ल सप्तमी थिति । पञ्चाङ्ग आयुष्मान वणिज ज्येष्ठा । महालक्ष्मी व्रतआरम्भ ।

सरकार र आन्दोलनरत शिक्षकबीच भोलि औपचारिक वार्ता हुने बिहीबार, असोज ४, २०८० बिहीबार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए ।साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग पनि शिक्षक प्रतिनिधिहरुसँग छलफल भएको थियो ।









