बाँकेमा बालकैदीको मृत्युपछि सुधार गृह तनावग्रस्त
काठमाडौं— बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक बालबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउँपालिका—४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार राति अचानक बाल सुधार गृहभित्र दुई समूहबीच झडप भएको थियो । एक समूहले निर्घात कुटपिट गरेपछि सुलभको गएराति नै मृत्यु भएको थियो ।
उनको मृत्युपछि सुधार गृहमा रहेका बालकहरूले सुधार गृह तोडफोड गरेका छन् । सुलभ अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए ।
झडपमा १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लगिएको छ ।
बाँके प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा डीएसपी नारायण डाँगीको नेतृत्वमा सय जना प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० ०९:४६













