News Griha :: न्यूजगृह
सरकार र शिक्षक महासङ्घबीच आज निर्णायक वार्ता

काठमाडौं— विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच शुक्रबार निर्णायक वार्ता हुने भएको छ ।  बिहीबार साँझ गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक निष्कर्षसहित टुङ्गिएको थियो ।

कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासङ्घसँगको हिजोको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । वार्तामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए ।

शिक्षक महासङ्घ र सरकारकाबीच बिहीबार बिहान पनि वार्ता भएको थियो तर सहमति जुट्न सकेन । शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकमा सहमति हुने मन्त्री गुरुङले बताए ।   

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०६:३९
Weather Update