News Griha :: न्यूजगृह
शिक्षकसँग वार्ता गर्न कार्यवाहक प्रधानमन्त्री छलफलमा

काठमाडौं— आन्दोलनरत शिक्षकहरूसँग संवाद गर्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग आन्तरीक छलफल थालेका छन् ।

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता हुनेछ ।

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका छन् ।

यसअघि हिजो २ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:३५
Weather Update