शिक्षक आन्दोलन : वार्ताका लागि सरकारले माग्यो समय

काठमाडौं— आन्दोलनरत शिक्षक कर्मचारीसँग वार्ता गर्न सरकारले समय माग गरेको छ । गृह मन्त्रालयमा शुक्रबार आन्तरिक छलफलपछि सरकार पक्षले केही समय माग गरेको हो ।
छलफलमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए ।
आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने शिक्षकको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १०:४८













