एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि बिहीबार, असोज ४, २०८०

एमालेले पार्टीका नाममा खोलिएका नक्कली सामाजिक सञ्जाललाई बन्द गराउने बिहीबार, असोज ४, २०८० नेकपा एमालेले पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित बिहीबार, असोज ४, २०८० अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो । पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

आन्दोलनरत शिक्षकसँग वार्ता सुरु बिहीबार, असोज ४, २०८० शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलित पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

डुबेर बालिकाको मृत्यु बिहीबार, असोज ४, २०८० नरैनापुर गाउँपालिका-४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको बिहीबार मृत्यु भएको छ ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमै, नेपाल १७५ मै सीमित बिहीबार, असोज ४, २०८० विश्व विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा शीर्ष स्थानमै रहन सफल भएको छ । सार्वजनिक नयाँ वरीयतामा विश्व विजेता अर्जेन्टिना पहिलो स्थानमै यथावत रहँदा कतार विश्वकपको फाइनलमा हारेको फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

शान्ति प्रक्रियालाई पूर्णता दिन ढिला गर्न हुन्न : कांग्रेस नेता सिटौला बिहीबार, असोज ४, २०८० बिहीबार ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले विस्तारै दलहरू शान्ति सम्झौतालाई पूर्णता दिने गर्ने बाटोबाट टाढिँदै गएको टिप्पणी गर्दै अब ढिला गर्न नहुने बताए ।

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील हुनुपर्छ : मानवअधिकार आयोग बिहीबार, असोज ४, २०८० बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको भन्दै संवेदनशील बन्न आग्रह गरेको छ । आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाई छ...

कांग्रेस बैठक भोलि फेरि बस्ने बिहीबार, असोज ४, २०८० बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगन थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का बिहीबार, असोज ४, २०८० बिहीबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले शिक्षकका समस्याबारे सरकार गम्भीर भएको र वार्ता थालेको जानकारी दिए । बैठकमा उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

साउन र भदौमा ५ अर्ब बढीको विद्युत् निर्यात बिहीबार, असोज ४, २०८० प्राधिकरणले गत साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (पाँच अर्ब ४३ करोड ३१ लाख) विद्युत् निर्यात भएको हो ।

इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा दिल्ली जाँदै बिहीबार, असोज ४, २०८० नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । उक्त सम्मेलनमा सहभागी हुन शर्मा आगामी आइतबार नयाँ दिल्ली जाने भएका हुन् । शर्मा असोज ११ गते स्वदेश फर्किने छन् ।

शिक्षक आन्दोलनका कारण दुई संसदीय समितिको बैठक स्थगित बिहीबार, असोज ४, २०८० काठमाडौं— प्रतिनिधि सभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।









