डुबेर बालिकाको मृत्यु

बाँके— नरैनापुर गाउँपालिका-४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको बिहीबार मृत्यु भएको छ ।
स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १८:५७