News Griha :: न्यूजगृह
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा गम्भीर छलफल
धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा गम्भीर छलफल देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई शुक्रबार गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् ।गृहमन्त्री श्रेष्ठले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुनसक्ने तर त्यसको प्रशासनिक भन्दा पनि समुदायगत समाधान...
शिक्षा विधेयकले शिक्षाको व्यापारलाई संस्थागत गरेको छ : बास्तोला
शिक्षा विधेयकले शिक्षाको व्यापारलाई संस्थागत गरेको छ : बास्तोला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले प्रस्तावित शिक्षा विधेयकले शिक्षाको व्यापारिकरणलाई संस्थागत गरेको आरोप लगाएका छन् ।आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले, प्रस्तावित शिक्षा विधेयकले, शिक्षालाई व्यापारिकरण गरेको आरोप लगाएका हुन् ।
तस्बिरमा हेर्नुहोस् सरकार र शिक्षकबीच वार्ता
तस्बिरमा हेर्नुहोस् सरकार र शिक्षकबीच वार्ता संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध असहमति जनाउँदै बुधबारदेखि आन्दोलित शिक्षक र सरकारबीच शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ । आन्दोलन नेपाल शिक्षक महासंघले आयाेजना गरेको हो । 
विद्यालय सञ्चालन गर्न स्थानीय तहका प्रमुखको निर्देशन
विद्यालय सञ्चालन गर्न स्थानीय तहका प्रमुखको निर्देशन काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको शुक्रबार धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।
महिलाले सक्षम छौं भनेर प्रमाणित गर्नुपर्ने बेला आयो : उपमेयर डंगोल
महिलाले सक्षम छौं भनेर प्रमाणित गर्नुपर्ने बेला आयो : उपमेयर डंगोल काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न काम भइरहेको बताएकी छन् ।शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।
लगानी संरक्षण गर्न नीतिगत व्यवस्था आवश्यक : घनश्याम भुसाल
लगानी संरक्षण गर्न नीतिगत व्यवस्था आवश्यक : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका महासचिव धनश्याम भुसाालले नेपालमा लगानी संरक्षणका लागि राज्यले नीतिगत ग्यारेन्टी आवश्यक भएको बताएका छन् । 
सरकार र आन्दोलनरत शिक्षकबीच पुनः वार्ता सुरु
सरकार र आन्दोलनरत शिक्षकबीच पुनः वार्ता सुरु सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । वार्तामा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठन, परिषद्का प्रतिनिधि सहभागी छन् ।   संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरूले बुधबारदेखि  काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
यथाशीघ्र पठन–पाठन सुचारु हुने वातावरण मिलाउन लोसपाको आग्रह
यथाशीघ्र पठन–पाठन सुचारु हुने वातावरण मिलाउन लोसपाको आग्रह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाल शिक्षक महासंघको आयोजनामा जारी शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।
अपडेट :  शिक्षकसहित १७ पक्राउ
अपडेट :  शिक्षकसहित १७ पक्राउ प्रहरीले शिक्षकसहित १७ जनालाई पक्राउ गरेको छ ।विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
अहिलेको शिक्षा प्रणालीले सक्षम जनशक्ति उत्पादन गर्न सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल
अहिलेको शिक्षा प्रणालीले सक्षम जनशक्ति उत्पादन गर्न सक्दैन : पूर्वप्रधानमन्त्री नेपाल पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालले देशको विद्यमान शिक्षा प्रणालीले वर्तमान चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार पार्न नसक्ने बताएका छन् ।
यसरी पक्राउ परे शिक्षक [तस्बिरहरू]
यसरी पक्राउ परे शिक्षक [तस्बिरहरू] संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा शुक्रबार ११ जना शिक्षक पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि शिक्षकले शिक्षा विधेयक र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
Weather Update