News Griha :: न्यूजगृह
लगानी संरक्षण गर्न नीतिगत व्यवस्था आवश्यक : घनश्याम भुसाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव धनश्याम भुसाालले नेपालमा लगानी संरक्षणका लागि राज्यले नीतिगत ग्यारेन्टी आवश्यक भएको बताएका छन् । 

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले गरिबीका कारण राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जाने भन्दै त्यसलाई रोक्न उद्यम क्षेत्रको विकास र संरक्षण आवश्यक भएको बताए ।

उनले भने,‘मुलुकको विकासको कुरा रोजगारी र बेरोजगारी हो । बेरोजगारी भएको स्थानमा राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जान्छ । मुलुकले बाटो लिँदैन, राष्ट्रिय एकता हुँदैन,जनताको संरक्षण गर्न सक्दैन र राज्य कमजोर हुन्छ । हामी असफल त छै‌नौँ तर सफल पनि हुन सकेका छैनौं । नेपाली लगानीको संरक्षण गर्ने,नीतिगत ग्यारेन्टी राज्यले नगर्दासम्म उद्यमको कतै विकास हुँदैन । नेपालको पनि हालत त्यही हो ।’

उनले संविधानमा भनिएको समाजवाद ल्याउने हो भने वैदेशिक रोजगारीका लागि बाहिर गएका युवाहरुलाई देशका फर्किन सक्ने वातावरण सिर्जना गनुपर्ने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:२१
Weather Update