सरकारसँगको वार्तामा विद्यालय कर्मचारीको नेतृत्व अनिवार्य रहन्छ : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारसँगको वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्को पनि प्रतिनिधि रहने स्पष्ट पारेका छन् ।
शिक्षक महासंघसँगको आयोजनामा काठमाडौंमा आन्दोलन जारी छ । सरकारसँग चरण–चरणमा भएको वार्तामा विद्यालय कर्मचारीले आफ्नो प्रतिनिधि नदेखेपछि नेतृत्वलाई प्रश्न गर्दा अध्यक्ष तिवारीले कर्मचारीका पनि प्रतिनिधि हुने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘वार्तामा अनिवार्य विद्यालय कर्मचारीको नेतृत्व रहने छ । निर्धक्क हुनुहोला साथीहरु ।’
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आज तेस्रो दिन पनि शिक्षक आन्दोलन जारी छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १०:२८













