अग्रणी नेता
गणतन्त्रवादी नेता खेमराज भट्ट मायालुको निधन

काठमाडौं— पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट वीर अस्पतालमा उपचाररत थिए ।
डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरूमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
पछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका उनी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० ०९:०३













