News Griha :: न्यूजगृह
स्वदेश आइपुगे इजरायल पुगेका २५४ विद्यार्थी
स्वदेश आइपुगे इजरायल पुगेका २५४ विद्यार्थी उनीहरु शुक्रबार बिहान साढे २ बजे काठमाडौं आइपुगेका हुन् । उद्धारका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाएको थियो । उनीहरूलाई नेपाल एअरलाइन्सको चार्टर्ड विमान मार्फत उद्धार गरि स्वदेश फर्काइएको हो । कट्टरपन्थी समूह हमास र इजरायलबीच युद्ध चर्किएपछि इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले बिहीबार बिहान जहाज पठाएको थियो...
टी-२० शृंखला नखेल्ने भन्दै सन्दीपले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता
टी-२० शृंखला नखेल्ने भन्दै सन्दीपले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरू कात्तिक १ देखि १० गतेसम्म हुनेछ । सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र...
सर्लाही तथा बाँकेमा सीडीओ र प्रहरी प्रमुख फेरिए
सर्लाही तथा बाँकेमा सीडीओ र प्रहरी प्रमुख फेरिए जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको छ । यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यु आदेशसमेत जारी गर्नुपरेको थियो ।
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कोशीको मुख्यमन्त्रीमा दाबी गरेका दुवैको आ-आफ्नै तर्क
कोशीको मुख्यमन्त्रीमा दाबी गरेका दुवैको आ-आफ्नै तर्क मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् । प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेश सभा सदस्यहरू स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको तर्क छ ।
कोशीको मुख्यमन्त्रीमा एमालेले गर्‍यो कांग्रेसलाई समर्थन
कोशीको मुख्यमन्त्रीमा एमालेले गर्‍यो कांग्रेसलाई समर्थन कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेले नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेको छ । कार्कीले बिहीबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।एमालेले उपसभामुख बाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ । कार्कीलाई मुख्यमन्त्री बनाउन उनीसहित कांग्रेसका ८ जनाको हस्ताक्षर छ । 
कोशी प्रदेश : माओवादीले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदको विरोध 
कोशी प्रदेश : माओवादीले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदको विरोध  कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् । शेखर कोइराला पक्षका ८ जना प्रदेश सभा सदस्यले आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै निवेदन दिएका छन् ।
भारतीय प्रधानमन्त्रीको कालापानी भ्रमणबारे ध्यानाकर्षण भएको छ : परराष्ट्र
भारतीय प्रधानमन्त्रीको कालापानी भ्रमणबारे ध्यानाकर्षण भएको छ : परराष्ट्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् । उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको...
विश्वकप छनोट : नेपाल र लाओसले खेले बराबरी
विश्वकप छनोट : नेपाल र लाओसले खेले बराबरी विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको  खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।
रिगलविरुद्धको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकियो
रिगलविरुद्धको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकियो बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके योगराज ढकाल रिगलविरुद्धको मुद्दाको पेसी आगामी कात्तिक १४ गतेलाई तोकिएको छ ।मानन्धर हत्या घटनामा जन्मकैदको सजाय पाएका रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध उनकी श्रीमती भारती मानन्धरले दायर गरेको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकिएको हो ।
इजरायलबाट २५४ नेपाली लिएर काठमाडौं उड्यो विमान
इजरायलबाट २५४ नेपाली लिएर काठमाडौं उड्यो विमान  इजरायलमा रहेका २५४ नेपाली नागरिक लिएर नेपाल एअरलाइन्सको विमान तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडेको छ ।
बिहीबार नेप्से दोहोरो अंकले घट्यो
बिहीबार नेप्से दोहोरो अंकले घट्यो कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २०.१६ अंकले घटेर एक हजार आठ सय ७४.६० को विन्दुमा कायम भएको हो ।बिहीबार दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा...
Weather Update