इजरायलबाट २५४ नेपाली लिएर काठमाडौं उड्यो विमान

काठमाडौं— इजरायलमा रहेका २५४ नेपाली नागरिक लिएर नेपाल एअरलाइन्सको विमान तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडेको छ ।
बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान केही बेरअघि तेल अभिभ विमानस्थलबाट काठमाडौं उडेको हो ।
सरकारले स्वेदश आउन चाहनेका लागि जहाज पठाएको हो । नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी पनि गएका छन् ।
विमान राति ९ बजे काठमाडौं आइपुग्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने केही नेपाली इजरायलमै उपचाररत छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १७:१७













