काठमाडौं— परराष्ट्रमन्त्री साउदले नेपालीहरूको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् ।
२५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग उनले इजरायल सरकारले आफ्ना नागरिकसँगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताए ।
उनले भने, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’ अहिले २ सय ५४ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमित विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भिर भूमिका खेल्ने उने बताए ।
मन्त्रिपरिषद्ले व्यवसायिक फ्लाइटबाट आउनेको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’













