News Griha :: न्यूजगृह
सर्लाही तथा बाँकेमा सीडीओ र प्रहरी प्रमुख फेरिए

काठमाडौं— धार्मिक र साम्प्रदायिक दंगा मुख्य सुरक्षा चुनौती देखिएका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरिएका छन् ।

गृह मन्त्रालयले बिहीबार बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हटाएर नयाँ सीडीओ पठाएको थियो । सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल पठाइएको छ । लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको छ । यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यु आदेशसमेत जारी गर्नुपरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २१:०९
Weather Update