News Griha :: न्यूजगृह
स्वदेश आइपुगे इजरायल पुगेका २५४ विद्यार्थी

काठमाडौं— इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरि काठमाडौं ल्याइएको छ ।

उनीहरु शुक्रबार बिहान साढे २ बजे काठमाडौं आइपुगेका हुन् । उद्धारका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई इजरायल पठाएको थियो । उनीहरूलाई नेपाल एअरलाइन्सको चार्टर्ड विमान मार्फत उद्धार गरि स्वदेश फर्काइएको हो । 

कट्टरपन्थी समूह हमास र इजरायलबीच युद्ध चर्किएपछि इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले बिहीबार बिहान जहाज पठाएको थियो । गत शनिबार हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।  

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:५५
Weather Update