News Griha :: न्यूजगृह
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदारको उपस्थिति थियो । यसैबीच प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका छन् ।

प्रधानसेनापति शर्मा असोज २१ गतेदेखि बेलायत भ्रमणमा छन् । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:३७
Weather Update