रिगलविरुद्धको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकियो

काठमाडौं— बाँकेको नेपालगञ्जस्थित सुर्खेत रोडमा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने मुख्य नाइके योगराज ढकाल रिगलविरुद्धको मुद्दाको पेसी आगामी कात्तिक १४ गतेलाई तोकिएको छ ।
मानन्धर हत्या घटनामा जन्मकैदको सजाय पाएका रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध उनकी श्रीमती भारती मानन्धरले दायर गरेको मुद्दाको पेसी कात्तिक १४ गतेलाई तोकिएको हो ।
बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले रिगल जोडिएको मुद्दा हेर्न नमिल्ने आदेश गरेका छन् ।
यस्तै प्रकृतिको मुद्दामा यसअघि नै फैसला भइसकेको भन्दै उक्त मुद्दा सुनुवाइ नगर्ने उनीहरुकाे इजलासले भनेको हो ।
रिगललाई यही असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले आममाफी दिएको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १७:३३














