तपश्वी रामबहादुर बम्जन पक्राउ मंगलबार, पुस २४, २०८०

अब कोरियामा कुकुरको मासु खान नपाइने, लगाइयो प्रतिबन्ध मंगलबार, पुस २४, २०८० राष्ट्रिय सभाको मङ्गलबारको बैठकले कुकुरको मासुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाउने निर्णयमा दलहरूबीच दुर्लभ एकता बनेको कोरिया टाइम्सले उल्लेख गरेको छ । सत्तारुढ र प्रमुख विपक्षी दलले एक स्वरले विधेयक पारित गरेपछि कोरियाले कुकुर खाने विवादास्पद परम्पराको अन्त्य गरेको हो ।

वर्षा र हिमपात नहुँदा सुक्दै हिउँदे बाली, चिन्तामा किसान मंगलबार, पुस २४, २०८० हिमाली जिल्ला मुगुलगायत जुम्ला, हुम्ला डोल्पा र कालीकोटमा यस वर्ष अपेक्षित रुपमा वर्षा र हिमपात भएको छैन । यसले गर्दा कृषकले लगाएका जै, गहुँ लगायत अन्य हिउँदे बाली सुक्दै गएका छन् ।मौसमको प्रतिकूलताले बाली उत्पादनमा नकारात्मक असर परेपछि कृषकहरू आउँदो वर्ष भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

मुखमा टेप टाँसेर प्रदर्शनमा उत्रिएका डा. केसी पक्राउ मंगलबार, पुस २४, २०८० चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

टेरामक्स र एमडीएमएस प्रकरण : दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा मंगलबार, पुस २४, २०८० नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ ।

बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँ हिनामिना गर्ने सहकारीका सञ्चालक पक्राउ मंगलबार, पुस २४, २०८० बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका– ८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका– ४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले...

फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर, कस्तो आयो प्रतिक्रिया ? मंगलबार, पुस २४, २०८० घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ लाई सोमबार काठमाडौंको एक हलमा प्रिमियर गरिएको छ । अभिनेता सन्तोष अधिकारीको डेब्यु रहेको फिल्म ‘चित्रा’को प्रिमियरमा नेपाली कलाकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ मंगलबार, पुस २४, २०८० छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाबाट बाबुलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो ।
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार? मंगलबार, पुस २४, २०८० मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला दुई सय रुपैयाँ सस्तो भएको हो ।

कुकुरको मासु खाने चलनको अन्त्य गर्दै दक्षिण कोरिया मंगलबार, पुस २४, २०८० दक्षिण कोरियाको संसद्ले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । यस विषयमा मंगलबार त्यहाँको संसद्मा मतदान हुने अपेक्षा गरिएको छ ।

फैलिँदै कोरोनाको नयाँ भेरियन्ट, रोकथामका लागि के गर्दै छ सरकार? मंगलबार, पुस २४, २०८० छिमकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरिअन्ट जेएन=१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।विभिन्न देशबाट फरक फरक उमेरका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजिटिभ नमुनाहरूमाथि गरिएको परीक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पादरीहरूलाई बिहे गर्न अनुमति दिनुपर्छ : चार्ल्स स्किक्लुना मंगलबार, पुस २४, २०८० क्रिश्चियन धर्मको अत्यन्तै संवेदनशील विषयलाई छुँदै उनले भने, ‘सायद पहिलो पटक सार्वजनिक रुपमा यो कुरा भन्दैछु तर रोमन क्याथोलिक चर्चले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । मैले भनेको कुरा कतिपयलाई विधर्मी लाग्न सक्छ।’

बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान मंगलबार, पुस २४, २०८० डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ । जसका कारण उद्योगीव्यवसायीहरू आन्दोलित हुँदै आएका छन् । यससम्बन्धी विवाद सुल्झाउन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो दिएका छन् । सोमबार मात्रै प्रधानमन्त्री दाहालले महसुस पनि उठ्ने, र उद्योगहरू पनि बन्द नहुने गरी समन्वय गर्न निर्देशन दिएका थिए ।









