News Griha :: न्यूजगृह
छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

विराटनगर— छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाबाट बाबुलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो ।

उनले १८ वर्षीय छोरा जीवनको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरूबीच सोमबार राति घरायसी विषयमा विवाद भएको थियो । त्यस क्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त घटनापछि गाउँलेले दिलकुमार लाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:२५
Weather Update