News Griha :: न्यूजगृह
कुकुरको मासु खाने चलनको अन्त्य गर्दै दक्षिण कोरिया

काठमाडौं— दक्षिण कोरियाको संसद्ले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । 
यस विषयमा मंगलबार त्यहाँको संसद्मा मतदान हुने अपेक्षा गरिएको छ । 

पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरूले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौँदेखि अभियान नै चलाइरहेका थिए । 

यसमा ठूलो सङ्ख्यामा समर्थन जुट्दै गएपछि दक्षिण कोरियाका राजनीतिक दलहरू र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् ।  
दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएको कुकुरको मांसाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ। तर पछिल्लो समय विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न संसद्मा मतदान हुन लागेको हो । 

गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरू कुकुरको मासु भोजन गर्छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:३१
Weather Update