News Griha :: न्यूजगृह
फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर, कस्तो आयो प्रतिक्रिया ?

काठमाडौं— घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ लाई सोमबार काठमाडौंको एक हलमा प्रिमियर गरिएको छ । 

अभिनेता सन्तोष अधिकारीको डेब्यु रहेको फिल्म ‘चित्रा’को प्रिमियरमा नेपाली कलाकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो । 

प्रिमियरमा कलाकार गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए । 

प्रिमियरपछि फिल्म चित्राले मिश्रित प्रतिक्रिया पाएको छ । प्रतिक्रिया दिएका केही दर्शकले राम्रो बनेको र कथा मनपरेको बताएका थिए । केहीले भने चित्राले पनि अन्य फिल्म जस्तै कथा, पटकथा र सम्पादनमा चुकेको बताए । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डब्बू अभिनेता सन्तोषको काम डेब्यु अभिनेताको जस्तो नभइ काम गरिरहेको कलाकारको जस्तै भएको प्रतिक्रिया दिए । अध्यक्ष केसीले फिल्म रमाइलो भएको बताउँदै आफू इमोसनल बनेको बताए । 

यसैगरी आफूलाई फिल्मको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको बताइन् । आफूलाई फिल्मको कथा मनपरेको उनको प्रतिक्रिया थियो । 
फिल्म पुस २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:३६
Weather Update