News Griha :: न्यूजगृह
अपडेटः परीक्षा दिएर फर्किएकी किशारीमाथि गोली प्रहार गर्ने पक्राउ  
अपडेटः परीक्षा दिएर फर्किएकी किशारीमाथि गोली प्रहार गर्ने पक्राउ   झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किएकी एनिका अधिकारीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाका अमितकुमार यादव रहेको प्रहरीले जनाएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिकामाथि शुक्रबार बिहान करिब साढे १२ बजेको समयमा गोली प्रहार भएको हो।
इलाम–२ मा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी
इलाम–२ मा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ। बिहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन्।
राहदानी विभाग पुगेर पूर्व राजारानीले गरे पासपोर्ट नवीकरण
राहदानी विभाग पुगेर पूर्व राजारानीले गरे पासपोर्ट नवीकरण राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए। कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ। 
प्रसाईँका बडीगार्डबाट हतियार बरामदपछि गृह मन्त्रालय 'सतर्क'
प्रसाईँका बडीगार्डबाट हतियार बरामदपछि गृह मन्त्रालय 'सतर्क' राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानका अगुवा बनेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षागार्डले बोकेको हतियारको विषय यतिबेला बहसमा छ।सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममा सोमबार प्रसाईँका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए। प्रसाईंको मुद्दाको पेसी भएकाले पुगेका उनीहरूका साथमा हतियार...
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा सङ्क्रमणकाल जस्तो हुने रहेछ। जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सदनमा प्रस्तुत गर्नुभएको थियो। त्यस विधेयकमाथि छलफल हुँनै लाग्दा सरकार परिवर्तन भयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको जिम्मेवारी अब...
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको बुझिएको छ। सत्ता गठबन्धनको नयाँ छयाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरूलाई सहमत गराएको माओवादी केन्द्र सम्बद्ध समाचार सूत्रले बताएको छ।प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादी निकट विश्वस्त सूत्रले बताएको छ।...
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।टिपरले जीपलाई ठक्कर दिँदा जीपमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको जीपलाई प्रदेश ०२- ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन शहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरूको पनि पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र सोलुखुम्बुकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी...
दशगजामा एसएसबीले पक्की संरचना बनाउन थालेपछि जनप्रतिनिधिको चासो
दशगजामा एसएसबीले पक्की संरचना बनाउन थालेपछि जनप्रतिनिधिको चासो पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ।
म देश बिग्रियो भनेर अमेरिका आएको होइन : रेखा थापा [कुराकानी]
म देश बिग्रियो भनेर अमेरिका आएको होइन : रेखा थापा [कुराकानी] अरुले भन्दा रिस उठेको थिएन । किनकी उनीहरूले मलाई माया गरेर, केयर गरेर भनेको बुझेको छु । म प्रति उहाँहरूले देखाएको माया र आश हो त्यो । तर नेता भएको मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा चाहिँ मलाई रिस उठ्यो । म देश बिग्रियो भनेर अमेरिका आएको होइन । नेपाल...
६ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १३४ जना पक्राउ
६ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १३४ जना पक्राउ चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना मानिस पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूर्य नेम्वाङबाट ठगिएकाहरू गृह मन्त्रालयमा, यस्तो छ 'नटवरलाल'को ठगी धन्दा
सूर्य नेम्वाङबाट ठगिएकाहरू गृह मन्त्रालयमा, यस्तो छ 'नटवरलाल'को ठगी धन्दा भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा हिरासतमा रहेका पूर्वगोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् । पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुलउपर गरि नेम्वाङलाई हदैसम्मको कारबाही गर्न ध्यानाकर्षणपत्र समेत पेस गरेका छन् ।
Weather Update