News Griha :: न्यूजगृह
जारी टी२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने
जारी टी२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने त्यस्तै नवौँ देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन्  भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन्। त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ।
बुद्धजयन्तीको अवसरमा पोर्चुगलमा फुटबल, नेफएमले जित्यो उपाधि   
बुद्धजयन्तीको अवसरमा पोर्चुगलमा फुटबल, नेफएमले जित्यो उपाधि    बुद्धजयन्तीको अवसर पारेर पोर्चुगलको लिस्वनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम बुटवल क्लबले उपाधि जितेको हो। ओलाइसको भिक्टोरिया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहभागि भएका थिए। फाइनल खेलमा मनमैजु फुटबल क्लबलाई ४–० ले हराउँदै नेफएम बुटवल क्लबले उपाधि जितेको थियो।
टी–२० विश्वकपः नेपाली खेलाडीलाई पुरस्कार दिने जुगल बिल्डर्सको घोषणा
टी–२० विश्वकपः नेपाली खेलाडीलाई पुरस्कार दिने जुगल बिल्डर्सको घोषणा कम्पनीका प्रबन्ध निर्देशक नरेशप्रसाद ओझाले खेलमा शतक पूरा गर्ने नेपाली खेलाडीलाई जनही १ लाख रुपैयाँ र खेल जिते प्रत्येक जित स्वरुप टोलीलाई २ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन्। 
टी–२० विश्वकपः ओमनलाई हराउँदै नामिबिया विजयी
टी–२० विश्वकपः ओमनलाई हराउँदै नामिबिया विजयी आईसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नामिबिया विजयी भएको छ।
अमेरिकामा के गर्दैछ नेपाली क्रिकेट टीम?
अमेरिकामा के गर्दैछ नेपाली क्रिकेट टीम? आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरूमाझ उपस्थित भयो। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहित खेलाडी र अफिसियलहरू सहभागी भएको कार्यक्रममा समर्थकरुले कप्तान रोहित पौडेल र अध्यक्ष चतुरबहादुर चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए।
पीएनजीविरुद्ध वेष्ट इन्डिजको सहज जित
पीएनजीविरुद्ध वेष्ट इन्डिजको सहज जित आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहआयोजक वेष्ट इन्डिजले विजयी सुरुआत गरेको छ। घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इन्डिजले विजयी सुरुआत गरेको हो।
विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा, अञ्जन परेनन्, घलानको पुनरागमन
विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा, अञ्जन परेनन्, घलानको पुनरागमन यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्। जसमा यस अघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन्। त्यस्तै इन्जुरीका कारण अञ्जन विष्ट भने टिममा छैनन्।
अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता
अन्ततः एम्बाप्पे रियल म्याड्रिड जाने निश्चित, भयो सम्झौता २५ वर्षीय एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)मा जुन ३० मा सम्झौता सकिँदै छ। त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन्। रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन्।
टी–२० विश्वकपः क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी 
टी–२० विश्वकपः क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी  लक्ष्य पछ्याउने क्रममा सुरुवात भने राम्रो रहेन। २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो। त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए। मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो। त्यसपछि एन्ड्रेस...
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य क्यानडाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ।डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो। 
आजदेखि टी२० विश्वकप
आजदेखि टी२० विश्वकप आईसीसी टी२० विश्वकप आइतबारबाट अमेरिकामा सुरु भएको छ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता एक महिनासम्म चल्नेछ।
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि यूईएफए च्याम्पियन्स लिगको उपाधि  रियल म्याड्रिडले जितेको छ। शनिबार राति सम्पन्न फाइनलमा म्याड्रिडले बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालको हो।
Weather Update