News Griha :: न्यूजगृह
टी२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

काठमाडौं—  क्यानडाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ।

डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो। 

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए। निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए।

श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे। अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक/एक विकेट लिए।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन्। क्यानडा र अमेरिकाको यो टी२० विश्वकप इतिहासमा पहिलो खेल समेत हो ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:३४
Weather Update