
लिस्वन— नेपाल आदिवासी महासंघ पोर्चुगल फुटबल कपको उपाधि नेफएम बुटवल क्लबले जितेको छ।
बुद्धजयन्तीको अवसर पारेर पोर्चुगलको लिस्वनमा भएको खेलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम बुटवल क्लबले उपाधि जितेको हो।
ओलाइसको भिक्टोरिया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहभागि भएका थिए। फाइनल खेलमा मनमैजु फुटबल क्लबलाई ४–० ले हराउँदै नेफएम बुटवल क्लबले उपाधि जितेको थियो।
महासङ्घले आगामी वर्षमा पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ। ‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजन गर्ने छौं यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने।
नेपालीहरूलाई प्रदेशमा एकताबद्ध गर्न फुटबल खेलको आयोजना गरिएको थियो। यस्ता खेलले नेपालीहरूलाई प्रदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए।
‘यस्ता खेलले नेपालीहरूलाई एकताबद्ध गर्न मदत गर्न यस्ता खेलहरू आगामी दिनमा पनि सञ्चालन हुनुपर्छ,’ अध्यक्ष खड्काले भने।
उनले नेपालीहरूलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरू धेरै हुनुपर्नेमा जोड दिएका थिए। पोर्चुगलमा पछिल्लो समयमा औपचारिक रुपमा आवद्द फुटबल क्लबहरू बढिरहेका छन्।