-1717392467.jpg)
काठमाडौं— आईसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नामिबिया विजयी भएको छ।
बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमनलाई सुपर ओभरमा पराजित गरेको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमन १० रनमा सीमित रह्यो।
त्यसअघि ओमनले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो। नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए। त्यस्तै निकोलस डेभिडले ३१ बलमा २ चौका र एक छक्का प्रहार गरी २४ रन जोडे। कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन बनाए।
बलिङतर्फ ओमनका मेहरान खानले तीन विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले समान एक-एक विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमन १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय नौ रन बनाएको थियो। ओमनलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिएका थिए।
प्रतियोगितामा ओमनका लागि खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५ तथा शकील अहमदले ११ रन बनाए। नामिबियाका रुबिन ट्रम्पलम्यानले चार विकेट लिए भने डेभिड विसले तीन विकेट लिए। त्यस्तै जेराल्ड इरास्मसले दुई तथा बर्नार्ड स्कोल्जले एक विकेट लिएका थिए।