
काठमाडौं— आईसीसीले जारी टी२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ। यो अहिलेसम्मका प्रतियोगिताकै सर्वाधिक पुरस्कार रकम भएको आईसीसीले जनाएको छ ।
अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन्। यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन्।
त्यस्तै नवौँ देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन्। त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ।
यस प्रतियोगितामा कुल ४० खेल हुने छन्। २० देशले भाग लिएको यस विश्वकपमा ५ देशलाई एक समुहमा राखेर चार समुह बनाइएको छ। हरेक समुहमा एक अर्कासँग एक एक पटक खेलेपछि शीर्ष २ देश सुपर ८ मा पुग्ने छन्।
विश्वकपको फाइनल खेल जुन २४ मा हुने छ।