-1719134508.jpg)
सांसदहरुलाई मन्त्री श्रेष्ठको आश्वासन– हामी राष्ट्रले गौरव गर्न लायक स्टेडियम बनाउदैछौँ आइतबार, असार ९, २०८१ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यसपालीको बजेटमा खेल क्षेत्रका लागि ठूला योजना रहेका कारण साना योजनामा ध्यान नदिइएको स्पष्ट पारेका छन्। विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै आइतबारको प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले प्रत्येक सांसदको निर्वाचन क्षेत्रमा बजेट पुर्याउन नसकिएको स्पष्ट पारे।

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी सुरुवात आइतबार, असार ९, २०८१ आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो । भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । १-० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित आइतबार, असार ९, २०८१ अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ। जारी टी२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ। यो टी२० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो।

अस्ट्रेलियाले पायो १४९ रनको लक्ष्य, टी२० विश्वकपमा प्याट कमिन्सको लगातार ह्याट्रिक विकेट आइतबार, असार ९, २०८१ प्याट कमिन्सको ह्याट्रिक प्रेरित खेलमा अफगानिस्तानले अस्ट्रेलिया लाई १४९ रनको विजयी लक्ष्य दिएको छ। टी२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन अस्ट्रेलियाले १ सय ४९ रनको लक्ष्य पाएको हो। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय...

युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए आइतबार, असार ९, २०८१ जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन्। जारी युरोकपको समूह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन्।

टर्कीमाथि सानदार जित निकाल्दै पोर्चुगल युरोकपको नकआउट चरणमा आइतबार, असार ९, २०८१ पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो।

टी२० विश्वकप : भारतले बंगलादेशलाई हरायो आइतबार, असार ९, २०८१ आईसीसी टी२० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

बंगलादेशलाई भारतले दियो १९७ रनको लक्ष्य शनिबार, असार ८, २०८१ आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो।

पीएसजीले एम्बाप्पेलाई दिएन पारिश्रमिक, १०७ मिलियन डलर पाउन बाँकी शनिबार, असार ८, २०८१ केलियन एम्बाप्पेले आफ्नो पूर्व क्लब पीएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन्।मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफूले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पीएसजीलाई कानुनी नोटिस पठाएका हुन्।
-1719032745.jpg)
अमेरिकाविरुद्ध वेस्टइन्डिजको शानदार जित शनिबार, असार ८, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे।

क्यानडामा हुने ग्लोबल टी२० मा नेपालका तीन क्रिकेटर खेल्ने शनिबार, असार ८, २०८१ नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी२० प्रतियोगिता खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ग्लोबल टी२० खेल्ने भएका हुन् ।

अस्ट्रियासँग पोल्यान्ड पराजित, बाहिरियो युरोकपबाट शनिबार, असार ८, २०८१ अस्ट्रियाका लागि दोस्रो गोल ६६औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेका थिए । अस्ट्रियाका लागि तेस्रो गोल भने ७८औँ मिनेटमा मार्कोले पेनाल्टीमार्फत गरेका थिए ।