क्यानडामा हुने ग्लोबल टी२० मा नेपालका तीन क्रिकेटर खेल्ने

काठमाडौं— नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी२० प्रतियोगिता खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ग्लोबल टी२० खेल्ने भएका हुन् ।
रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दीपेन्द्रले भ्यान्कोभरनाइटसबाट खेल्ने भएका हुन् ।
गत सिजनमा सन्दीप सुर्रेजागुअर्स र दीपेन्द्र मोन्टरियलटाइगर्सबाट खेलेका थिए ।
यस सिजनको ग्लोबल टी२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदै छ ।
यो ग्लोबल टी२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेगह्वाक्स र २०२३ मा मोन्टरियलटाइगर्सले उपाधि जितेका थिए ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ ०८:३३