News Griha :: न्यूजगृह
टी२० विश्वकप : भारतले बंगलादेशलाई हरायो

काठमाडौं— आईसीसी टी२० विश्वकपअन्तर्गत‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका कप्तान नजमुलशान्तोले सर्वाधिक ४० रन बनाए। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीतबुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।

विराट कोहलीले ३७ रनको योगदान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवमदुबे ३४ तथा सूर्यकुमार यादवले छ रन बनाए। अक्षर पटेल ३ रनमा अविजित रहे।

बलिङतर्फ बंगलादेशको लागि तान्जिनसाकिबरिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात पारे। पराजित बंगलादेश भने सुपर एटबाटै बाहिरिएको छ। प्रतियोगिता अन्तरगत आज बिहान अष्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०६:१४
Weather Update