News Griha :: न्यूजगृह
अस्ट्रियासँग पोल्यान्ड पराजित, बाहिरियो युरोकपबाट

काठमाडौं— युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करण अन्तर्गत शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डमाथि ३–१ गोलको सजिलो जित हात पारेको छ । योसँगै पोल्यान्ड युरोकप २०२४ बाट बाहिरिने पहिलो टोली बनेको छ। 

खेल सुरु भएको नवौँ मिनेटमै अस्ट्रियाका लागि गेरनट ट्राउनरले पहिलो गोल गरेका थिए । 

निर्धारित समयको ३०औँ मिनेटमा पोल्यान्डका क्रिस्तोफ पितेकले जबाफी गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो ।

अस्ट्रियाका लागि दोस्रो गोल ६६औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेका थिए । अस्ट्रियाका लागि तेस्रो गोल भने ७८औँ मिनेटमा मार्कोले पेनाल्टीमार्फत गरेका थिए ।

अस्ट्रिया प्रतियोगिताको समूह ‘डी’ मा रहेको छ । अस्ट्रियाको जितसँगै तीनवटा टोलीको अंक तीन/तीन पुगेको छ । एक/एक खेल खेलेका नेदरल्याण्ड्स र फ्रान्सको पनि तीन/तीन अंक छ ।

पोल्यान्ड भने आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । अस्ट्रियाको भने यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा अस्ट्रियाको टोली फ्रान्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०६:२४
Weather Update