News Griha :: न्यूजगृह
बंगलादेशलाई भारतले दियो १९७ रनको लक्ष्य
हार्दिक पाण्डेय

काठमाडौं— आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो। 

Virat Kohli looks at his shattered stumps, Bangladesh vs India, Super Eight, T20 World Cup, Antigua, June 22, 2024भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।

विराट कोहलीले ३७ रनको योगदान दिए। कप्तान रोहित शर्माले २३, ऋषभ पन्तले ३६, शिवम् दुबेले ३४ तथा सूर्यकुमार यादवले ६ रन बनाए। 

Shivam Dube pulls, Bangladesh vs India, Super Eight, T20 World Cup, Antigua, June 22, 2024अक्षर पटेल ३ रनमा अविजित रहे।  

बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात परे। 

Tanzim Hasan Sakib celebrates Suryakumar Yadav's wicket, Bangladesh vs India, Super Eight, T20 World Cup, Antigua, June 22, 2024

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:०७
Weather Update