News Griha :: न्यूजगृह
अमेरिकाविरुद्ध वेस्टइन्डिजको शानदार जित 

काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।

अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे। 

अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए। यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो। अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे। 

वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३–३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए। यो जितसँगै समूह २ मा रहेको वेस्टइन्डिजले २ खेलबाट २ अंक जोडेको छ। अमेरिका भने अंकविहीन छ। 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १०:५१
Weather Update