जुम्लामा अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्तामंगलबार, जेठ ३०, २०८०

गण्डकीमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने मंगलबार, जेठ ३०, २०८० गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ ।

झोलुङ्गे पुलले फेरियो दैनिकी मंगलबार, जेठ ३०, २०८० पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडिओ खिच्ने र रमाउनेको सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

सुगम जिल्ला चितवनको हात्तीवाङ्ग र हपनीमा अझै पुगेन बिजुली मंगलबार, जेठ ३०, २०८० इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट वञ्चित हुन पुगेका हुन् ।

धनकुटामा रोजगार मेला हुँदै मंगलबार, जेठ ३०, २०८० धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो ।

मापसे गरेर सवारी चलाउने ११४ चालक कारबाहीमा मंगलबार, जेठ ३०, २०८० सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै २०६९ मंसिर २२ देखि मापसे जाँच सुरु भएको हो ।

हिउँमा चिप्लिएर घाइते भएकी बालिकाको मृत्यु मंगलबार, जेठ ३०, २०८० व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको उनका काका हर्कसिंह कार्कीले जानकारी दिए।

शिव शिखर सहकारीले २० करोड बढी रकम फिर्ता नगरेको भन्दै बचतकर्ताले दिए कञ्चनपुर प्रहरीमा उजुरी मंगलबार, जेठ ३०, २०८० जिल्ला प्रहरी कार्यालयमा बचत रकम फिर्ता नगरेको भन्दै २ हजार ४९६ जना बचतकर्ताले २० करोड ७८ लाख २४ हजार रुपैयाँ फिर्ता माग गर्दै निवेदन दिएका हुन् ।

प्युठान कार दुर्घटना : थप एकको सनाखत सोमबार, जेठ २९, २०८० दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएको हो । यसअघि सात जना मृतकको सनाखत भएको थियो ।

६ केजी चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ सोमबार, जेठ २९, २०८० टर्किस एअरकोउडानद्वारा स्तानबुल हुँदै जर्मनी जान लागेका उनको लगेजबाट चरेस फेला परेको हो । उनीविरुद्ध लागूऔषध नियन्त्रणले थप अनुसन्धान गरिरहेको छ ।

यस वर्ष मलको अभाव नहुने सोमबार, जेठ २९, २०८० सोमबार धान मकै र गहुँबालीको लागि स्थान विशेष मलखाद सिफारिस सम्बन्धी प्रविधि विमोचन तथा पत्रकार सम्मेलनमा महानिर्देशक शर्माले अहिले उपलब्ध मल प्रदेशलाई बाँडफाँड गर्न सहज रहेको बताए ।

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना, ८ जनाको मृत्यु सोमबार, जेठ २९, २०८० लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिङ्ग्रीकोटमा दुर्घटनामा परेको हो । उक्त कार सडकबाट तल खसेरको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा कारमा सवार सबै (८ जना)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

गोङ्गबुको होटलमा मृत फेला परे प्रेमी-प्रेमिका सोमबार, जेठ २९, २०८० गोङ्गबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका– ९ स्थित ग्रीन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।