एकैदिनमा
मापसे गरेर सवारी चलाउने ११४ चालक कारबाहीमा
एकैदिन तीन हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा 
काठमाडौं— सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै २०६९ मंसिर २२ देखि मापसे जाँच सुरु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार नै लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका छन् ।
साथै, खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४ सय १ जना र अन्य २ हजार ३ सय ४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०७:४९