हिउँमा चिप्लिएर घाइते भएकी बालिकाको मृत्यु

काठमाडौं— दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने क्रममा हिउँमा चिप्लिएर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।
व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको उनका काका हर्कसिंह कार्कीले जानकारी दिए।
थप उपचारका लागि उनलाई भारतको हल्द्धानी लैजानेक्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो ।जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०६:५०